उपसभामुखले अमेरिकाबाट गरिन् शेखर कोइरालालाई फोन
काठमाडौँ । अमेरिका भ्रमणमा रहेकी प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई फोन गरी छलफल गरेकी छन् । सत्तारूढ दल नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा (एमाले) ले उपसभामुखमाथि आचरणको प्रश्न उठाउँदै पदमुक्त गर्न सांसदहरूबाट हस्ताक्षर संकलन थालेपछि राना मगरले कोइरालालाई मंगलबार टेलिफोन सम्पर्क गरेकी हुन् ।
