SHARE
अर्थ संवाद · बुधबार १७ असार २०८३ १२:३३ PM · 1 मिनेट पढाइ

गल्कोट समाज जापान क्षेत्रीय समिति कान्साईको आठौं अधिवेशन सम्पन्न, सन्देश बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन 

ओसाका, जापान। गल्कोट समाज जापान क्षेत्रीय समिति कान्साईको आठौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट सन्देश बुढाथोकी को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवेशनको उद्घाटन समारोहको अध्यक्षता निवर्तमान अध्यक्ष नरबहादुर थापाले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि गल्कोट समाज जापानका संरक्षक तथा क्षेत्रीय समितिका सल्लाहकार आत्माराम गैरे रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा आठौं अधिवेशनका निर्वाचन पर्यवेक्षक तथा गल्कोट समाज जापानका उपाध्यक्ष शिवू थापाको उपस्थिति रहेको थियो। कार्यक्रममा गल्कोट समाज जापानका केन्द्रिय उपाध्यक्ष एवं एनआरएनए  जापानका उपाध्यक्ष दिलिप कडेल , गल्कोट समाज जापान क्षेत्रीय समितिका सल्लाहकार एवं एनआरएनए कान्साईका संयोजक भीम काउचा, क्षेत्रीय समितिका सल्लाहकार नारायण थापा लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए। अधिवेशनले आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा सन्देश बुढाथोकी चयन हुनुभएको छ। वरिष्ठ उपाध्यक्षमा कौशल बोहोरा, उवाध्यक्षमाहरु कुमार घर्ती र अर्जुन कार्की चयन हुनुभएको छ। सचिवमा भुवन सापकोटा, सहसचिवमा गुरुदेव कडेल, कोषाध्यक्षमा मनिराम कडेल तथा सहकोषाध्यक्षमा समिर निउरे चयन भएका छन। त्यसैगरी सदस्यहरूमा सुरेश थापा, जीवन घर्ती मगर, नवीन बुढाथोकी, दीपक पुन, सन्दीप थापा, गोपाल खड्का, यमुना शर्मा, पवित्रा भण्डारी, उमा बस्नेत, सलिना न्यौपाने, कृष्ण केसी र भीम केसी चयन हुनुभएको छ। गणेश सिन्जाली मगर लाई युवा संयोजकको जिम्मेवारी प्रदान गरिएको छ। अधिवेशनका लागि गठित निर्वाचन समितिको प्रमुख सुमित खत्री रहनुभएको थियो। निर्वाचन समितिको सदस्य सचिव गल्कोट समाज जापानका सचिव गौरी सापकोटा तथा सदस्यमा गल्कोट समाज जापानका संरक्षक जगत थापा रहनुभएको थियो। नवनिर्वाचित अध्यक्ष सन्देश बुढाथोकी ले सम्पूर्ण सदस्य तथा गल्कोटवासीले व्यक्त गरेको विश्वास र समर्थनप्रति हार्दिक आभार व्यक्त गर्दै संस्थाको एकता, सामाजिक सद्भाव, आपसी सहयोग तथा सक्रिय सहभागितालाई अझ सुदृढ बनाउन सबैलाई साथ लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अधिवेशनले गल्कोट समाज जापान क्षेत्रीय समिति कान्साईलाई अझ सशक्त, प्रभावकारी र गतिशील बनाउँदै जापानमा रहेका गल्कोटवासी नेपालीहरूको हक, हित, सामाजिक एकता तथा आपसी सहकार्यको प्रवर्द्धनमा निरन्तर सक्रिय रहने विश्वास व्यक्त गरेको छ।