खेलकुदबाट समाजसेवा: घुम्टे युवा परिवार जापानले पाँच विद्यालयमा अक्षय कोष स्थापना गर्ने
ओसाका, जापान। घुम्टे युवा परिवार जापानद्वारा आयोजित चौथो सिल्भर रनिङ कप भलिबल प्रतियोगिता जापानको ओसाकामा सफलतापूर्वक सम्पन्न भएको छ। खेलकुदमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै शिक्षामा लगानी गर्ने उद्देश्यसहित आयोजित प्रतियोगिताले महत्वपूर्ण सामाजिक सन्देश दिएको छ। प्रतियोगिताको मूल उद्देश्य “शिक्षामा लगानी” रहेको थियो।
