पवन गिरीको नयाँ प्रेमिल गीत मन भारी सार्वजनिक
काठमाडौं। नेपाल आइडल सिजन–२ बाट उदाएका चर्चित गायक पवन गिरीको नयाँ सांगीतिक प्रस्तुति ''मन भारी'' सार्वजनिक भएको छ। प्रेम, भावना र सम्बन्धको गहिराइलाई समेटिएको यस गीतमा पवन गिरीकै स्वर, शब्द तथा संगीत रहेको छ। गीतको म्युजिक भिडियोको निर्देशन बिबेक कर्माचार्यले गरेका छन्।
