इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार व्यक्ति पक्राउ
काठमाण्डु – जबरजस्तीकरणी मुद्दामा इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार प्रतिवादी कपिलवस्तुको वाणगंगा नगरपालिका–३ घर भएका दिपककुमार श्रेष्ठ पक्राउ परेका छन् । बेलायतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसीबी काठमाण्डुबाट खटिएको प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
