गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने नगर प्रहरी सोधपुछपछि छुटिन्
काठमाडौं । आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने नगर प्रहरीमाथि कुनै जाहेरी नपरेपछि छुटेकी छन् । उनीमाथि कुनै मुद्दा चलाइएको छैन । बिहीबार त्रिपुरेश्वरमा आफ्नो मोटरसाइकलमा ह्वील लक लगाएपछि गणेशले महानगर प्रहरीकी एक महिलासँग विवाद गरेका थिए । त्यसपछि उनले आफ्नै मोटरसाइकलको ट्याङ्कीको पेट्रोल शरीरमा छर्किएर आगो लगाएका थिए ।
