२४ वर्षदेखि रोकिएको सम्यक महादानको स्मरणमा साउन १३ गते दिपंकर बुद्धको शोभायात्रा
काठमाडौं । हरेक १२ वर्षमा आयोजना हुनुपर्ने तर पछिल्ला २४ वर्षदेखि हुन नसकेको सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौंमा दिपंकर तथागत बुद्धको शोभायात्रा तथा पञ्चदान कार्यक्रम आयोजना गरिने भएको छ । गुरु पूर्णिमाको अवसर पारेर काठमाडौं महानगरपालिका-२७ स्थित महावुद्ध महाविहारको प्राङ्गणमा कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।
