SHARE
Kalo Pati · आइबार​ १० साउन २०८३ ०६:१९ AM · 1 मिनेट पढाइ

इरानमा हवाई आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न सेनालाई आदेश दिनुभएको छ । झण्डै दुई हप्तासम्म लगातार आक्रमणपछि ट्रम्पले थप आक्रमणको योजना स्थगित गरेको अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सले जनाएको छ । ट्रम्पले वासिङ्टन र तेहरानबीच वार्ता भइरहेको र यस पटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको समेत बताउनुभएको छ ।