SHARE
Kalo Pati · आइबार​ १० साउन २०८३ ०७:३७ AM · 1 मिनेट पढाइ

त्रिविको प्रश्नपत्र आउट गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायको एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। साइबर ब्युरोले ‘सुलभ सर’ भनेर चिनिने व्यक्तिसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।