SHARE
Kalo Pati · आइबार​ १० साउन २०८३ ०६:१६ AM · 1 मिनेट पढाइ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२०९ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २०९ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ९६, राइड सेयरिङमा ५०, रातोबत्तीमा ५१ जना चालकलाई कारबाही गरिएको छ ।