वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन
काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बितेको आर्थिक वर्ष २०८२र८३ मा झण्डै चार हजार ५०० व्यावसायिक फर्म अनुगमन गरेको छ । विभागले हालै सार्वजनिक गरेको वार्षिक कार्य प्रगति विवरण अनुसार देशभर ९६५ अनुगमन टोली परिचालन गरी कुल चार हजार ४८१ व्यावसायिक फर्म अनुगमन गरिएको थियो ।
