SHARE
Kalo Pati · सोमबार २९ असार २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

रामेछापको लाछेवारमा ठूलो पहिरो : होटल र दुइवटा पक्की पुल बगायो, हाइड्रोको ड्यामसाइडमा पनि क्षति

काठमाडौं । गएराति परेको अविरल वर्षापछि रामेछापको उमाकुण्ड गाउँपालिका-१ स्थित अन्तिम मानव बस्ती लाछेवार क्षेत्रमा ठूलो पहिरो गएको छ । स्थानीय ग्याल्जेन शेर्पाले दिएको जानकारीअनुसार पहिरो पछि ठाडोखोलामा आएको बाढीले लाछेवार क्षेत्रको एउटा होटल पूर्ण रूपमा बगाएको छ ।