विश्वकपमा ६४ टोली विस्तार गर्ने सम्भावनाबारे छलफल गर्दै फिफा
काठमाडौं। फिफाले सन् २०३० को विश्वकपमा सहभागी टोलीको संख्या ४८ बाट बढाएर ६४ पुर्याउने सम्भावनाबारे छलफल गर्ने भएको छ।फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको दायरा अझ व्यापक बनाउने विषयमा सम्बन्धित समितिहरूमा छलफल हुने बताएका छन्। स्विस सञ्चारमाध्यम ब्लुविनसँगको अन्तर्वार्तामा इन्फान्टिनोले ४८ टोलीबाट ६४ टोलीमा विस्तार गर्नु उपयुक्त हुन सक्ने बताए।
