SHARE
Kalo Pati · सोमबार २९ असार २०८३ ०९:०५ AM · 1 मिनेट पढाइ

नेपाल शिक्षक महासङ्घ आन्दोलनको तयारीमा

काठमाडौं । नेपाल शिक्षक महासङ्घले शिक्षा नियमावलीको दशौँ संशोधनले शिक्षक कर्मचारीको माग सम्बोधन नगरेको भन्दै आन्दोलनको तयारी थालेको छ । महासङ्घका अनुसार संशोधित नियमावलीले करिब एक लाख अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीको पीडालाई उपेक्षा गरेको छ ।