विवेक मण्डलको आत्मदाहपछि सन्तानको शिक्षाको जिम्मा गगन थापाले लिने
काठमाडौँ । सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय युवा विवेक मण्डलको आत्मदाहप्रति कांग्रेस सभापति गगन थापाले गहिरो दुःख व्यक्त गरेका छन् । मण्डलको आज बिहान २:४० बजे अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै थापाले यस घटनाले आफूलाई अत्यन्त मर्माहत बनाएको बताएका छन् ।
