अभिनेत्री कर्णले दिइन् चलचित्र कलाकार संघमा उजुरी, घटनाबारे छानविनको माग
काठमाडौं । अभिनेत्री काजल कर्णले आफूमाथि छायांकन सेटमा दुव्र्यवहार भएको भन्दै फिल्म ‘चिरञ्जीवि भवः’ विरुद्ध मंगलबार चलचित्र कलाकार संघमा उजुरी दिएकी छन् । संघका अध्यक्ष उत्तम केसीले इमेलमार्फत उजुरी प्राप्त भएको बताए । उजुरीमा कर्णले आफूलाई फिल्मको सेटमा दुव्र्यवहार गरिएको र त्यसमा संलग्न व्यक्ति र प्रोडक्सन टिममाथि छानविन हुनुपर्ने माग गरेकी छन् ।
