SHARE
कालिका खबर · मङगलबार ३० असार २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई

काठमाडौँ ।  नेपाली कांग्रेसका सचेतक निस्कल राईले वर्तमान सरकारले नागरिकका आवाज दबाउन खोजेको आरोप लगाएका छन् । संसद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारको पछिल्लो रवैया निरङ्कुशताको सङ्केत भएको दाबी गरे । सचेतक राईले हिजोको सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र प्रश्न गर्न नपाइने प्रवृत्तिको विरोध गर्दै अहिलेको सरकार बनेको स्मरण गराए । ‘तर, अहिले यही सरकार आफैँ निरङ्कुश बन्ने बाटोमा अग्रसर छ, जुन लोकतन्त्रका लागि ठुलो प्रश्नचिह्न हो,’ उनले भने । सरकारले नागरिक र विपन्न वर्गलाई केन्द्रमा राखेर काम गर्नुको सट्टा आफ्ना गल्ती ढाकछोप गर्नतिर लागेको उनको भनाइ थियो ।