फ्रान्स र स्पेनको डढेलोबाट २ लाख ५० हजार मानिस विस्थापित
पेरिस । दक्षिण पश्चिम फ्रान्समा तीव्र हावाका कारण आगोको लप्का बोर्डो सहरतर्फ बढिरहेकाले दमकलकर्मीहरूलाई डढेलो नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ । आगो नियन्त्रणका लागि लागि परेका एक अधिकारीका अनुसार उनीहरू आगोलाई नियन्त्रणमा लिनसक्ने अवस्थाबाट अझै धेरै टाढा रहेको र डढेलो नियन्त्रणभन्दा बाहिर रहेको जनाएका छन् । फ्रान्स र स्पेनमा केही दिन फैलिएको डढेलोका कारण २ लाख ५० हजारभन्दा बढी मानिसहरू विस्थापित भएका बीबीसीले जनाएको छ । हावा र उच्च तापक्रमले आगो नियन्त्रणको प्रयासमा बाधा पुर्याइरहेको उनीहरूको भनाइ रहेको छ ।
