बिलबिजकविहीन २७ कवाडी ट्रक प्रकरण : राजस्व अनुसन्धान विभागमा बुझाइयो, व्यवसायी समूहमाथि गम्भीर आरोप
काठमाडौं । बिलबिजक तथा आवश्यक कागजातबिना कवाडी सामग्री ढुवानी भइरहेको आशंकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गत साता नियन्त्रणमा लिएका २७ वटा कवाडी बोकेका ट्रक राजस्व अनुसन्धान विभागमा बुझाएपछि यस प्रकरणले नयाँ मोड लिएको छ । प्रहरी स्रोतका अनुसार नियन्त्रणमा परेका ट्रकहरू दिपेश अग्रवाल र कुन्दन सिंह समूहसँग सम्बन्धित हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ। यस विषयमा सम्बन्धित निकायले आवश्यक कागजात, स्वामित्व र आर्थिक कारोबारको विवरण संकलन गरी अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।
