SHARE
कालिका खबर · मङगलबार ३० असार २०८३ ०२:१७ PM · 1 मिनेट पढाइ

बबिताको अध्यक्षतामा महिला मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको जनवर्गीय संगठन आम महिला मोर्चाको केन्द्रीय कार्य समिति पुनर्गठन गरिएको छ । कुमारी बबिताको अध्यक्षतामा ५९ सदस्यीय केन्द्रीय समिति पुनर्गठन भएको हो । आजपा संगठन विभाग प्रमुख त्रिभुवन साहद्धारा आज जारी प्रेस विज्ञप्ति अनुसार पुनर्गठित समितिको इन्चार्जमा रन्जुकुमारी साह, सहइन्चार्जमा रुपसागर देवी उपाध्याय रहेका छन् । समितिको उपाध्यक्षहरूमा देवकुमारी साह, सुमि धिमाल, रामकुमारी सदा र रेहना खातुन छन भने महासचिवमा सिमा जयसवाल छन् । संगठनको उपमहासचिव पदमा मिनादेवी साह, लक्ष्मी मगर, पुजा कुशवाहा र विद्या सापकोटा छन् ।