सरकार हौसिनु हुँदैन, उम्लिनु हुँदैन, उम्लिए पोखिन्छ : आरेन राई
काठमाडौं : श्रम सँस्कृति पार्टीका सांसद आरेन राईले सरकार हौसिन नहुने र उम्लिन नहुने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद राईले सरकार उम्लिए पोखिने समेत चेतावनी दिए । उनले सरकारले करार कर्मचारीलाई हटाउने तयारी गरेको भन्दै यसलाई रोक्नु पर्ने बताएका छन् ।उनले देशका लागि ४० वर्षसम्म योगदान गरेर जीवन नै देशका लागि खर्चिएको भन्दै उनले उनीहरुलाई लोकसेवाले प्राथमिकतामा नराखे पनि, श्रेणीविहीन राखे पनि उनीहरुको जीन्दगी देशकै सेवामा गएको बताएका छन् ।
