६ लाख घुससहित इन्जिनियर खाजा घरबाट पक्राउ
काठमाडौं : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत एकजना इन्जिनियर ६ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। अख्तियारको टोलीले गाउँपालिकाका इन्जिनियर (छैटौँ तह) डिल्लीराज खड्कालाई बुधबार झापाको दमक नगरपालिका–१ स्थित एक खाजा घरबाट ६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।अख्तियारका अनुसार पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो।
