SHARE
अन्नपूर्ण · बुधबार ३१ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

दोहोरो अंकले बढ्यो सेयर बजार, आधाभन्दा बढीले घट्यो कारोबार रकम

काठमाडौं : बुधबार सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ। यसदिन नेप्से परिसूचक १४ अंकले बढेर २५९०.२९ विन्दुमा अडिएको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ६.११ अंकले बढेर २५७६.२९ विन्दुमा पुगेको थियो। त्यसअघि सोमबार नेप्से परिसूचक  ३०.६० अंकले घटेर २५७०.१८ विन्दुमा कायम भएको थियो।नेप्से वृद्धि भएपनि कारोबार रकम भने मंगलबारको तुलनामा घटेको छ। यसदिन ३६२ वटा स्क्रिप्सको ८४ लाख ७३ हजार १६ कित्ता सेयर ४ अर्ब १७ करोड ३ लाख ९८ हजार ४९ रुपैयाँमा खरिदबिक्री भए।