SHARE
कालिका खबर · बुधबार ३१ असार २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

फोर्डपछि चुनौतीमा परेको जिओ अटोमोबाइल्स ईभीमार्फत पुनः उकासिने प्रयासमा

काठमाडौं । गोल्छा अर्गनाइजेशनअन्तर्गत नेपालमा फोर्ड, एमजी र काइयी ब्रान्डको आधिकारिक वितरक जिओ अटोमोबाइल्स प्रालिले पछिल्ला वर्षमा व्यापारमा गिरावट भोगे पनि कम्पनीको वित्तीय अवस्था भने अझै सन्तोषजनक रहेको देखिएको छ। इक्रा नेपालले कम्पनीको दीर्घकालीन कर्जालाई ‘LBB’ र अल्पकालीन कर्जालाई ‘A4’ रेटिङ दिँदै कम्पनीको पुँजी संरचना र ऋण तिर्ने क्षमालाई सुरक्षित मानेको छ। सन् २०२१ मा भारतमा फोर्डको उत्पादन बन्द भएपछि कम्पनीको कारोबारमा ठूलो असर परेको थियो। त्यसयता एमजी, काइयी, म्याक्सस र लिपमोटरजस्ता नयाँ ब्रान्ड थपिए पनि अपेक्षित व्यापार हुन सकेको छैन।