इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद राईले मेची राजमार्गसहित इलामका विभिन्न सडकखण्ड अत्यन्त जीर्ण बनेकाले बिरामी र सुत्केरीलाई अस्पतालसम्म पुर्याउन समेत कठिनाइ भएको बताए ।
