SHARE
Kalo Pati · बुधबार ३१ असार २०८३ ०९:२६ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको अभिव्यक्तिबारे सभामुखले छिटो निर्णय लिनुपर्ने राप्रपा सांसद भाटको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विवादमा सभामुखले यथाशीघ्र निर्णय लिनुपर्ने माग गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भाटले उक्त विषयमा लामो समयदेखि आपत्ति जनाउँदै आएको उल्लेख गर्दै अब सभामुखले आफ्नो विवेक, संसदीय नियम र मर्यादाअनुसार निर्णय लिनुपर्ने बताए।