SHARE
अन्नपूर्ण · बुधबार ३१ असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

टिपरले ठक्कर दिँदा पैदलयात्री वृद्धाको मृत्यु

झापा : झापाको बिर्तामोडमा टिपरले ठक्कर दिँदा एक पैदलयात्री वृद्धाको मृत्यु भएको छ । टिपरको ठक्करबाट गम्भीर घाइते भएकी बिर्तामोड–३ की ७० वर्षीया लिलामाया बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको हो ।प्रहरीका अनुसार उनलाई मंगलबार साँझ ६ः३५  बजेको समयमा  बिर्तामोड–३ स्थित दृष्टि आँखा अस्पताल अगाडि बिर्तामोडबाट बनियानीतर्फ जाँदै गरेको प्र १–०१–००१ प १०१३ नम्बरको टिपरले ठक्कर दिएको थियो ।