सुदूरपश्चिमका मुख्यमन्त्री शाह अल्पमतमा, एमालेले लियो समर्थन फिर्ता
धनगढी : मुख्यमन्त्री कमल बहादुर शाहले बर्खास्त गरेलगत्तै नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। नेकपा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बताए।योसँगै मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ। सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनको सरकार थियो। ५३ सदस्यीय प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमतका लागि २७ जना प्रदेश सभा सदस्य आवश्यक पर्छन्।
