SHARE
अन्नपूर्ण · बुधबार ३१ असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

अमेरिका भ्रमण सकेर स्वदेश फर्किए प्रहरी महानिरीक्षक कार्की

काठमाडौं : प्रहरी महानिरीक्षक दान बहादुर कार्की अमेरिका भ्रमण सकेर स्वदेश फर्किएका छन्। संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्किएका हुन्। प्रहरी महानिरीक्षक कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए।