SHARE
अन्नपूर्ण · बुधबार ३१ असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माणको वर्ष घोषणा गर्दै सरकार, ९ बुँदे कार्ययोजना तयार

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माण वर्ष (ल रिफर्म इयर) घोषणा गर्ने भएको छ।आगामी आर्थिक वर्षमा निर्माण गरिने १६६ विधेयकहरूको सूची बुधबार संघीय संसदमा बुझाएको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले आउने वर्षलाई कानुन सुधार र निर्माणको वर्षका रूपमा घोषणा गर्ने निर्णय गरेको हो।कानुन मन्त्री सोबिता गौतमले गौतमले आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माणको वर्ष घोषणा गरिने पनि बताइन्। ‘आउने वर्षलाई कानुन सुधार र निर्माणको वर्ष घोषणा गर्दैछौं।