SHARE
अन्नपूर्ण · बुधबार ३१ असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

कांग्रेस सांसदहरूलाई दलका नेता आङ्देम्बेले थपे जिम्मेवारी

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले पार्टीका सांसद नभएका जिल्लामा संगठन, समन्वय र सम्पर्कलाई प्रभावकारी बनाउन प्रतिनिधिसभाका सांसदहरूलाई थप जिल्लाको जिम्मेवारी कार्यादेशसहित दिएको छ।बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकले प्रत्येक सांसदलाई आफ्नो निर्वाचित जिल्लाबाहेक एक वा एकभन्दा बढी जिल्लाको जिम्मेवारी कार्यादेशसहित तोक्ने निर्णय गरेको हो।