SHARE
अन्नपूर्ण · बुधबार ३१ असार २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

रास्वपाले सरकारका कामबारे जनतालाई जानकारी गराउन सांसदलाई आफ्नो क्षेत्रमा पठाउने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा जनतालाई जानकारी गराउने भएको छ । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले गरेका धेरै राम्रा र जनपक्षीय कामहरूको जानकारी जनतालाई हुन नसकेको भन्दै पार्टीका सांसदहरु आफ्नो क्षेत्रमा गएर सरकारले गरेका कामबारेमा जनतालाई जानकारी गराउने तयारी भएको जानकारी दिएका हुन् ।