SHARE
अन्नपूर्ण · बुधबार ३१ असार २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

आफ्ना विद्यार्थी नेता पक्राउको विरोधमा अखिलको प्रदर्शन

काठमाडौं : सरकारबिरुद्ध प्रदर्शन गर्दा आफ्ना केन्द्रीय नेतृत्वसहितका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले प्रदर्शन गरेको छ । सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गर्दै विरोध प्रदर्शन गर्दा आफ्ना विद्यार्थी नेताहरुलाई पक्राउ गरेको भन्दै अखिलका विद्यार्थीहरुले बुधबार प्रदर्शनी मार्गस्थित आरआर क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् ।उनीहरुले मलाई बोल्न दे सरकार, नालायक सरकार राजीनामा देलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।