SHARE
अन्नपूर्ण · बुधबार ३१ असार २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश दिएको छ।न्यायाधीश नृपध्वज निरौलाको इजलासले कामकारबाही रोक्न सम्पत्ति छानबिन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको हो।सर्वोच्चले यसअघि पनि अन्तरिम आदेश दिए पनि आयोगले पूर्वन्यायाधीश र पूर्वसैनिकबाहेकको हकमा छानबिन नरोकिने बताएको थियो।