SHARE
अन्नपूर्ण · बिहीबार ३२ असार २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

उत्कृष्ट कमब्याक सहित साविक विजेता अर्जेन्टिना फाइनलमा

काठमाडौं : फिफा विश्व कप २०२६ को दोस्रो सेमीफाइनल खेलमा इङ्ल्यान्डलाई लाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना लगातार दोस्रोपटक फाइनल प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २-१ले पराजित गरेको हो।खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो २४ वर्षपछि विश्वकपको मैदानमा फर्किएको राइभलरीले पहिलो हाफ ततायो। तर गोल भने निस्किन सकेको थिएन। दोस्रो हाफमा इङ्ल्यान्डले गोल गर्यो । खेलको ५५ औं मिनेटमा एन्थोनी गोर्डनले निकै राम्रो फिनिस गरे।