उपत्यकामा अस्तव्यस्त तार हटाउन १५ दिनको समयसीमा
काठमाडौं : उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुन्डिएका विद्युत्, दूरसञ्चार तथा इन्टरनेटलगायतका तार व्यवस्थापन हुने भएको छ। उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन तथा टेलिभिजनका तार व्यवस्थापन गर्न सरकारले समयसीमासहितको कार्ययोजना बनाएर अघि बढ्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
