SHARE
अन्नपूर्ण · बिहीबार ३२ असार २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

गोठ भत्किँदा स्याङ्जामा ६५ वर्षीय वृद्धको मृत्यु

स्याङ्जा : गल्याङ नगरपालिका–६ स्थित पिँडीखोलामा गोठ भत्किँदा ६५ वर्षीय धनबहादुर राना मगरको मृत्यु भएको छ।बिहीबार बिहानै गोठमा रहेका भैँसी र चौपायालाई दानापानी एवं कुँडो खुवाउँदै गरेका मगरको अचानक गोठ भत्किँदा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।गोठ भत्किँदा उनीसँगै एउटा भैँसी पनि मरेको छ भने एउटा बङ्गुर घाइते भएको बताइएको छ। घटनास्थलमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाको सहयोगमा मृतक मगरको शव बाहिर निकालिएको हो।