नाच्न जान्दैन सरकार, देख्छ आँगन टेढो
काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत जेन–जी अभियन्ता माजिद अन्सारी आफूलाई भेट्न आउने शुभेच्छुकहरूसँग एउटै आग्रह दोहोर्याइरहन्छन्– ‘डराएको राज्य दमनमा उत्रन्छ। सरकार आफैंले हाम्रो आवाजको महत्व बढाइदिएको छ। तपाईंहरू पनि बोल्न नछोड्नुहोस्।’सरकारलाई प्रश्न गर्ने नागरिकको स्वतन्त्रता लोकतन्त्रमा हुन्छ। सुकुम्बासीको बिचल्लीको बारेमा सरकारलाई प्रश्न गर्न माजिद कीर्तिपुरस्थित सत्सङ होल्डिङ सेन्टर पुगेका थिए।
