सुखको खोजीमा हराएको मानिस
सहरको भिडभाडबाट केही टाढा डाँडामाथिको एउटा चौतारी, जहाँ हरेक साँझ वृद्ध, युवा र बालबालिका जम्मा हुन्थे। एकदिन त्यही चौतारीमा एक युवक आयो। उसको अनुहारमा निराशा, आँखामा थकान र मनमा अनगिन्ती प्रश्नहरू थिए। उसले त्यहाँ बसेका एक वृद्धलाई सोध्यो, ‘हजुर, सुख कहाँ पाइन्छ ?’ वृद्ध मुस्कुराए।केहीबेर मौन बसे। त्यसपछि नजिकै बगेको खोलातर्फ देखाउँदै भने, ‘त्यो खोला हेर। पानी निरन्तर बगिरहेको छ। त्यसले कहिल्यै समुद्रलाई भेटेको कुरा गर्दैन। तर निरन्तर बगिरहेकै हुन्छ। सुख पनि त्यस्तै हो।
