इरानका सैन्य ठेगानाहरूमाथि अमेरिकाको आक्रमण, राम्रो व्यवहार गर्न ट्रम्पको चेतावनी
काठमाडौं : अमेरिका र इरानबीचको तनाव चरम उत्कर्षमा पुगेको छ। बुधबार साँझ अमेरिकाले इरानका विभिन्न सैन्य ठेगानाहरूलाई निशाना बनाउँदै नयाँ हवाई आक्रमण गरेको छ। आक्रमण लगतै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई 'राम्रो व्यवहार गर्न' चेतावनी दिएका छन्।अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार यस नयाँ आक्रमणका क्रममा इरानका सैन्य कमान्ड सेन्टर, हवाई प्रतिरक्षा ठेगाना, मिसाइल तथा ड्रोन केन्द्र र तटीय निगरानी केन्द्रहरूलाई निशाना बनाइएको छ।
