अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको आन्दोलन रोकियो
काठमाडौं : सरकार र आन्दोलनरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीबीच वार्ता भएको छ। सरकारले अस्थायी, करार तथा ज्यालादारी कर्मचारी हटाउने कार्य तत्कालका लागि रोक्ने आश्वासन दिएपछि आन्दोलन स्थगित गरिएको छ।आन्दोलनरत कर्मचारीका प्रतिनिधि र सरकारका प्रतिनिधिबीचको वार्ता सकारात्मक भएको वार्तामा सहभागी आन्दोलनरत पक्षका संयोजक श्याम सापकोटाले जानकारी दिएका छन्। उनका अनुसार सरकारले हाललाई करार, ज्यालादारी कर्मचारी नहटाउने मौखिक प्रतिबद्धता जनाएको छ।
