SHARE
अन्नपूर्ण · बिहीबार ३२ असार २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

अपराध कम गर्न कारणको अन्त्य गरौं

कुनै राष्ट्रको समृद्धि केवल त्यसको आर्थिक वृद्धि, अग्ला भवन, चौडा सडक वा आधुनिक प्रविधिबाट मात्र मापन हुँदैन। वास्तविक समृद्धि त्यतिबेला अनुभूत हुन्छ, जब नागरिकले आफ्नो घर, समाज र राष्ट्रमा सुरक्षित, सम्मानित र न्यायपूर्ण जीवन बिताउन सक्छन्। जहाँ नागरिकको मनमा डरभन्दा विश्वास हुन्छ, त्यहाँ विकासले स्थायित्व पाउँछ। जहाँ न्यायभन्दा अन्याय बलियो हुन्छ, त्यहाँ समृद्धिको आधार कमजोर बन्छ।