SHARE
अन्नपूर्ण · बिहीबार ३२ असार २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

कांग्रेसले सांसदहरूलाई थप जिल्ला जिम्मेवारी तोक्यो

काठमाडौं : आफ्नो पार्टीका सांसद नभएका जिल्लामा संगठन, समन्वय र सम्पर्कलाई प्रभावकारी बनाउन कांग्रेसले सांसदहरूलाई थप जिल्लाको जिम्मेवारी तोकेको छ ।बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले पार्टीका प्रत्येक सांसदलाई आफ्नो निर्वाचित जिल्लाबाहेक एक वा एकभन्दा बढी जिल्लाको जिम्मेवारी कार्यादेशसहित तोक्ने निर्णय गरेको हो ।