निर्धारित समयअगावै रिखुवा खोलामा पक्की पुल निर्माण
काठमाडौँ : इलामको माई नगरपालिका र माङसेबुङ गाउँपालिकालाई जोड्ने आत्मानन्द मार्गअन्तर्गत माई–६ स्थित रिखुवा खोलामा निर्माणाधीन पक्की पुल निर्धारित समयअघि नै सम्पन्न भएको छ। पुल सञ्चालनमा आएपछि दुई स्थानीय तहका नागरिकको आवागमन सहज र सुरक्षित बनेको छ। सङ्घीय सरकारअन्तर्गत पुल सेक्टर धरानको करिब रु. ३० करोड ६४ लाख ८४ हजार लागतमा निर्माण सम्पन्न भएको उक्त पुल शान्ति निर्माण सेवाले सम्झौताअनुसार तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न गरेको आयोजना प्रमुख इन्जिनियर आशिष थापा मगरले जानकारी दिए।
