SHARE
अन्नपूर्ण · बिहीबार ३२ असार २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

युनाइटेड अजोड इन्स्योरेन्सको ३२ औं  वार्षिक साधारणसभा : बोनस सेयर कति दियो ?

काठमाडौं : युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण तथा सेयरधनीलाई वितरण गर्ने बोनस सेयर र नगद लाभांशको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू अनुमोदन गरेको कम्पनीले जनाएको छ।