माइतीघरमा गोलभेँडा फालेर ‘हरियो क्रान्ति’
निमा योञ्जन /काठमाडौं : काठमाडौंको तीनपिप्ले र तारकेश्वर क्षेत्रका खोल्साखोल्सी र कान्लाहरू अहिले गोलभेँडाले राताम्मे छन्। बोटमा लटरम्म फलेका गोलभेँडाले किसानको अनुहारमा खुसी छर्नुपर्ने हो, तर माइतीघर मण्डलाको कालो सडकमा बुधबार अर्कै दृश्य देखियो। महिनौंको पसिना, आमाले बच्चालाई झैं स्याहारेर फलाएका गोलभेंडाका क्रेटका क्रेट सडकमा खन्याइँदै थिए। गुडिरहेका गाडीले ती गोलभेँडा किच्दा सडक रक्ताम्मे झैं देखिन्थ्यो।
