रोकि राखेको ट्याक्टर आफै गुड्दा एक बालकको मृत्यु,अर्का एक घाइते
काठमाडौं : प्युठान नौबहिनी गाउँपालिका–०५ डामृस्थित रोकी राखिएको ट्याक्टरमा खेल्ने क्रममा भएको दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।भे २ त २०१९ नम्बरको ट्याक्टरमा खेलिरहेका बेला ट्याक्टर एक्कासी ब्याक भई करिब ४०० मिटर तल खस्दा स्थानीय गंगा घर्ती मगरका ७ वर्षीय छोरा कुण्डन घर्ती गम्भीर घाइते भएका थिए । साथै, सोही स्थानका रिमबहादुर बुढाका ७ वर्षीय छोरा पारस बुढा पनि घाइते भएका थिए ।
