इलाम कारागारबाट ४८ लाख रुपैयाँ बरामद
काठमाडौं : जिल्ला प्रशासन र प्रहरीको टोलीले इलाम कारागारबाट ४८ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरेको छ। स्रोत नखुलेको रकम जेलका नाइके, चौकीदार र एक कैदी गरी ३ जनाबाट बरामद गरेको सिडिओ लक्ष्मण ढकालले जानकारी दिए । रकमको स्रोत आधिकारिक भए सम्बन्धितले फिर्ता पाउनेछन् । 'जेलमा रहेका ३ व्यक्तिसँग यत्रो रकम कसरी भेला भयो भन्ने अनुसन्धान हुन्छ,' सिडिओ ढकालले भने।अवैध रकमको सूचनाका आधारमा प्रहरीले आज दिउँसो छापा मारेको थियो ।
