SHARE
अन्नपूर्ण · बिहीबार ३२ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग छलफल गर्ने भएका छन्।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही समयमा सुरु हुने बैठकमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिहरूबीच छलफल हुन लागेको हो।भेटमा महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।