SHARE
अन्नपूर्ण · बिहीबार ३२ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

चर्चा बढ्यो ‘लौननी यस्तो भए म किन ?’

काठमाडौं : लोकदोहोरी गायक तथा सर्जक सुरेश अञ्जनको नयाँ लोकदोहोरी गीत ‘लौननी यस्तो भए म किन ?’ले सार्वजनिक भएको दुई साता नबित्दै यु्युब च्यानलमा झन्डै ३० लाख दर्शकको माया बटुलेको छ। गीत हाल टिकटकमा समेत ‘ट्रेन्डिङ’ नम्बर १ मा पर्न सफल भएको निर्माण पक्षले जनाएको छ। प्रेम, बिछोड, परदेशको पीडा, सम्झना र जीवनका विविध पक्षलाई मार्मिक रूपमा प्रस्तुत गरिएको गीतले श्रोताको मन छोएको प्रतिक्रियासमेत प्राप्त भइरहेको निर्माण पक्षको दाबी छ।